झापा, भदौ ३ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ।

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आशिका धामी र लक्ष्मी धामीको शव निकालिएको हो।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जनाको शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतिग्रस्त बनाएको छ।

पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्वल धामी, रोशन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्