बिर्तामोड , भदौ ३ । प्रतिबन्धित लागूऔषधसहित एकजना भुटानी शरणार्थी पक्राउ परेका छन् ।

गएराति ९.३० बजे बिर्तामोड नगरपालिका वडा नं. १ स्थित पश्चिम बस स्टेन्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं.३ भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राईलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको छ । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्