झापा , भदौ ३ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर–२ स्थित थलाहा टोलमा एक व्यक्तिको हत्या भएको छ ।

स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शव हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्