झापा , भदौ ४ । मोरङको बिराटनगर महानगरपालिका–१५ जतुवामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरितादेवी यादव रहेकी छन् । हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्