झापा , भदौ ४ । झापाको मेचीनगरमा बुवाले धारिलो हतियार प्रहार गरी छोरालाई घाइते बनाएका छन् ।
आज साँझ ७.१० बजे मेचीनगर नगरपालिका ३ दोकानडाँडा बस्ने ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्ना छोरा बर्ष अन्दाजी ३० का डिल्लीराम दाहाललाई टाउकोमा दाउ प्रहार गरेका हुन् । खाना खाने विषयलाई लिएर बाबुछोराबीच विवाद भएको बताइएको छ ।
पुण्यप्रसादले एक्कासी दाउ टाउकोको पछाडी भागमा प्रहार गर्दा चोट लागेर घाइते भएका डिल्लीरामलाई उपचारको लागि स्थानीय मेडिकल दोकानडाँडामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ । धारिलो हतियार प्रहार गर्ने बुवालाई अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको टोलीले धारिलो हतियारसहित नियन्त्रण लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।