झापा, भदौ ५ । झापाको हल्दिवारी ३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा फेला परेको छ ।

गाई काटेर केही भाग गाडेको अवस्थामा हिजो साँझ मृत गाईको अवशेष फेला परेको हो । गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिवारी ३ का वडा सदस्य अजित विष्टले बताए । उनले गाईलाई त्यही काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको जानकारी दिए ।

प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए । उनले घटनावारे अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्