झापा,भदौ ५ । त्रिभुवन विश्वविद्यालयमा नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउनुपर्ने भए कुनै पनि शुल्क नलिने जनाएको हो । हालसम्म फरक फरक विषयको लागि फरक फरक शुल्क लिने गरेको थियो ।
साउन ३२ गते पनिकाले बल्खु सुधारसहित आन्दोलनरत विद्यार्थीहरूसँग १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा विद्यार्थीले भरेको परीक्षा आवेदन फाराममा नाम, थर, विषय, रजिस्ट्रेसन नम्बर आदिमा ठिक रहेको तर, परीक्षा नियन्त्रण कार्यालयको अभिलेख (लेजर) मा फरक रहेको देखिएमा शुल्क नलाग्ने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने भनिएको थियो ।
सोही आधारमा पनिकाले नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउँदा कुनै शुल्क नलाग्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्