झापा, भदौ ६ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, लाप्चेटारमा दाउराको चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको छ ।

प्रहरीका अनुसार चौबिसे गाउँपालिका–५ का कमल विश्वकर्माले गत बुधबार चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका ५१ वर्षीय नरवीर विश्वकर्माको मृत्यु भएको हो ।

चिर्पट प्रहारपछि घाइते भएका नरवीरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उनको उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल साहले जानकारी दिए ।

चिर्पट प्रहारमा संलग्न कमललाई प्रहरीले बिहीवारै पक्राउ गरिसकेको छ । उनले मादक पदार्थ सेवन गरेर नरवीरलाई चिर्पट प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्