झापा, भदौ ६ । नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ शिवसताक्षीको नयाँ नेतृत्व चयन भएको छ ।

दुधेस्थित आदिवासी जनजाति सामुदायिक भवनको सभाहलमा महिला संघको तेस्रो नगर सम्मेलन सम्पन्न भएको हो । सो सम्मेलनबाट शिवसताक्षी नगरपालिका वडा नम्बर १० की कोपिला चिमरिया मैनालीको नेतृत्वमा आगामी एक वर्षका लागि नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ।

नवगठित कमिटीको उपाध्यक्षमा निर्मला प्रसाई, सचिव चन्द्रकला सापकोटा, उपसचिव गङ्गा चापागाईं र कोषाध्यक्ष सुजता भुसाल सर्वसम्मत चयन भएका छन्।

खुल्ला सदस्यमा ललिता (रञ्जना) सापकोटा, शोभा खुलाल, शर्मिला रिमाल, अरुणा राई, सपना बस्नेत लिवाङ, अम्बिका दाहाल चयन भएका छन् । त्यस्तै अम्बिका भण्डारी, संगीता नेम्वाङ, रीमा बिक, हिमादेवी प्रधान, कल्पना श्रेष्ठ, नरमाया सापकोटा, मुना दाहाल तिम्सिना, महकुमारी राजवंशी, चन्द्रावती ताजपुरिया , मेनुका बास्कोटा ,मन्जु कार्की र संगीता सुबेदी पनि खुला सदस्य पदमा चयन भएका छन्।

यस्तै आदिवासी जनजाति कोटाका सन्तकुमारी शेर्मा थोप्रा र डोल्मा तामाङ निर्विरोध चयन भएका छन् भने युवा क्लस्टरबाट प्रमिला आचार्य र प्रतिमा आचार्य फुयाल सर्वसम्मत चयन भएका छन्।
यस्तै दलित, अल्पसंख्यक तथा पिछडा वर्गको क्लस्टरमा मंगलादेवी बिक, रिमा दर्नाल , अस्मिता नेपाली चयन भएका छन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य अम्बिका खवास राजवंशीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको पहिलो सत्रमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, पार्टी जिल्ला सल्लाहकार समितिका संयोजक राधाकृष्ण खनाल, झापा निर्वाचन क्षेत्र नम्बर ४ का संयोजक धनबहादुर थेवे, अखिल नेपाल महिला संघ जिल्ला कमिटी झापाकी कोषाध्यक्ष कोपिला (कल्पना) चौलागाईं, नेकपा एमाले शिवसताक्षीका उपाध्यक्ष विष्णुप्रसाद प्रसाईले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको पहिलो सत्र आयोजक कमिटीकी अध्यक्ष मनमाया तिवारीको अध्यक्षतामा भएको थियो भने दोस्रो सत्रको कार्यक्रम अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटी सदस्य नरमाया कार्कीको अध्यक्षतामा भएको थियो । पहिलो सत्रको सहजीकरण निवर्तमान सचिव कोपिला चिमरिया मैनाली र दोस्रो सत्रको सहजीकरण कोपिला (कल्पना) चौलागाईं ले गरेको अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटीले जनाएको छ।

कार्यक्रममा विभिन्न विधाका पाँच महिलालाई सम्मान गरिएको छ। पूर्व प्रदेश कमिटी सदस्य भोजकुमारी नेपाल, सेल्टरदाता विष्णुमाया खनाल, ख्यामकुमारी सिटौला, भिमादेवी अधिकारी, दिलमाया श्रेष्ठ र सीता प्रसाईलाई सम्मान गरिएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्