झापा, भदौ ७ । झापा बिर्तामोड ९ का पाँचजना अशक्तलाई ह्वीलचियर वितरण गरिएको छ ।

बिर्तामोड–९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात र एकजना जेष्ठ अशक्तलाई घर–घरमै पुगेर निःशुल्क ह्वीलचियर वितरण गरिएको हो ।

लायन्स क्लब अफ बिर्तामोड सिटीका कोषाध्यक्ष राजकुमार साह र झापाली समाज यूएईका आजीबन सदस्य मिना शर्माका छोरा सुरज शर्माको जन्मदिनको अवसर पारेर ह्वीलचियर वितरण गरिएको जनाइएको छ । जसको संयोजन योगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिपकुमार संग्रौलाले गरेका थिए ।ह्वीलचियर वितरण कार्यक्रममा दाताहरु , बिर्तामोड–९ की वडा सदस्य संगिता शिवा, टोल विकास संस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्