झापा , भदौ ७ । झापाको कनकाई नगरपालिका वडा नं १ प्रजापतिमा रहेकोे पशुपति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

बिर्तामोडमा रहेको बाल्मिकि लिंकन कलेजले कापी , डट्पेन, पेन्सिल , इरेजर , सार्पनरलगायतका शैक्षिक सामग्रीहरु विद्यार्थीहरुलाई वितरण गरेको हो ।बाल्मिकी कलेजका शिक्षक तथा विद्यार्थीहरुले आधी छोडिएका पुराना कापीका पानालाई जम्मा गरी आफैले बाइन्डिङ गरी विद्यार्थीहरुलाई वितरण गरिएको बाल्मिकी कलेजका प्रशासन प्रमुख तथा इभेन्ट ब्यबस्थापक प्रमुख प्रकाश घिमिरेले जानकारी दिए ।

कक्षा नर्सरीदेखि ५ सम्म अध्यापन हुने पशुपति आधारभूत विद्यालयमा जम्मा ७५ जना विद्यार्थीहरु अध्ययनरत छन् । विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत विद्यालयमा ६ जना शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आएको प्रधानाध्यापक खेम कार्कीले जानकारी दिए ।

बाल्मिकी कलेजले हिजै बाह्रदशीमा रहेको अर्को विद्यालयमा समेत शैक्षिक सामग्री वितरण गरेको हेड अफ डिपार्टमेन्ट प्रमुख निरज ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्