झापा , भदौ ७ । भारत उत्तराखण्डको केदारनाथनजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ ।

बिहीवार राति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको रुद्रप्रयाग प्रहरीले जनाएको छ ।
रुद्रप्रयाग प्रहरीले पहिरोमा परी ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्य हुनेमा तुलबहादुर, पुरन, कृष्ण परियार र दिपक बोहोरा भएको प्रहरीले जनाएको छ । उनीहरुको पूर्ण विवरण भने अझै खुलिसकेको छैन ।

पहिरोमा पुरिएका चारैजनाको शव निकालिएको छ । उनीहरुको शव रुद्रप्रयाग अस्पतालमा पु¥याइएको छ ।दिल्लीस्थित नेपाली दुतावासका काउन्सिलर उमा चतुर्वेदीका अनुसार बद्रीनाथबाट केदारनाथ जाने बाटोमा फाटा भन्ने स्थानमा उक्त घटना भएको हो । घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्छ । मजदुरी गर्नेहरुले सडक किनारमै छाप्रो बनाएर बसेका थिए । पहिरोले छाप्रोसहित बगाएको हो ।प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चारै जना चितवनको भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्