झापा, भदौ ८ । झापाको दमकमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी–२ बस्ने २६ वर्षीय राजेश लिम्बू, कमल –५ बस्ने २२ वर्षीय राजु धिमाल र शिवसताक्षी –३ बस्ने १९ वर्षीय एन्जिल लिम्बू रहेका छन् ।

हिजो साँझ ६.३० बजे दमकको पूर्व बसस्टेन्डमा लागूऔषध बेचबिखन हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई शरीर खानतलासी गर्दा राजेश लिम्बूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल २६० क्याप्सुल, मोवाइल ३ थान र नगद ८ हजार २५ रुपैयाँ बरामद भएको थियो ।

तीनैजनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्