झापा, भदौ ८ । ताप्लेजुङ गोल्डकपमा आज बिर्तामोड युनाइटेड फुटबल क्लब झापाले सलहेश युवा क्लब सिरहासंग प्रतिष्पर्धा गर्दैछ ।

आज हुने दोस्रो सेमिफाइनल खेलमा सिरहालाई पराजित गरी बिर्तामोड फाइनल प्रवेश गर्ने दाउमा छ । बिर्तामोडले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र सिरहाले पाँचथर फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन्।

यसअघि सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक संघर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपैयाँ राशिको नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए। आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भदौ १० गते सोमवार हुने छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्