झापा, भदौ ८ । झापाको गौरीगञ्जमा एक बृद्धको कुहिएको शव फेला परेको छ ।

गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो । घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युवेलमा मण्डल मृत अवस्थामा फेला परेका हुन् । उनको शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले आज बिहान ८ः४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाह ,वडा नं.३ का अध्यक्ष श्रवण गिरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई मुचुल्का प्रकिया पुरा गरी पोस्टमार्टमका लागि दमकतर्फ लाने तयारी भइरहेको जनाइएको छ ।

४–५ दिन अगाडी मण्डलको मृत्यु भएको हुनसक्ने शवको स्थितिबाट देखिएको छ । मण्डल दिनहुँ रक्सी खाएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्