झापा,भदौ ९ । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र रहेको मल्टिप्लग सर्किट छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्