झापा , भदौ १० । झापामा लागूऔषध प्रयोगकर्ता र कारोवारीहरु दिनहुँ पक्राउ पर्नेक्रममा हिजो दुईजना समातिएका छन् ।

हिजो साँझ ६.३० बजे मेचीनगर नगरपालिका वडा नम्बर–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारी र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने अन्दाजी बर्ष २० का सुमित सुनुवारलाई चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट प्लाष्टिकसहित ३ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजो साँझ ६ बजे इलाका प्रहरी कार्यालय गौरादह र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा कमल गाउँपालिका वडा नं.७ एकता चोक बस्ने १९ वर्षीय मिलन बस्यालको घरकोठाको तलासी लिएको थियो । त्यसक्रममा प्रतिबन्धित औषधी एन्टिकफ ट्याव्लेट २२५ पत्ता , ट्रामाडोल ७० पत्ता फेला परेको थियो । सुनुवारलाई इलाका प्रहरी कार्यालय धुलावारी र बस्याललाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्