झापा,भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय नबढाउने बताएका छन् । विराटनगर विमानस्थलमा कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरूसँग मन्त्रालय नफुटाउने कुराकानी भएको बताए । उनले भने, ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ ।’
मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिए । कांग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्