झापा ,भदौ ११ । झापाको मेचीनगरस्थित नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो १ बजे मेचीनगर नगरपालिका वडा न.–७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म संचालन गरी बस्ने मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बस्ने ५८ वर्षीय पुनेप्रसाद सत्यालको नहरमा डुबेर मृत्यु भएको हो ।

उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्