झापा , भदौ ११ । डेंगु संक्रमणबाट इलाममा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोङ गाउँपालिका– १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पुर्याइएको थियो । तर, प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको जनाइएको छ ।

इलाममा पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो । योसहित यस वर्ष देशभरि डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । गत महिना झापामा एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्