झापा, भदौ १२ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

मंगलबार भएको मतदानपछि भएको मतगणनामा एकीकृत समाजवादीको सचिव रहेकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित भएकी हुन्।

एमाले विभाजनको माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि पु¥याउँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो। एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)की सचिव झाक्री गएको प्रतिनिधि सभाको निर्वाचनमा माओवादी र कांग्रेसको साथ पाएपनि एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिकट नेताहरु निर्वाचित भएका छन्।

को को भए निर्वाचित ?(मत परिणामसहित)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्