झापा, भदौ १२ । मोटर चोरी गरेको आरोपमा झापाको गौरीगञ्जमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गौरीगञ्ज ३ का प्रल्हाद महतो ,सोही ठाउँका अजयकुमार महतो र लालबहादुर कटुवाल रहेका छन् । उनीहरुलाई चोरिएको मोटरसहित आइतवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए । उनीहरुले भदौ ५ गते मोटर चोरी गरेका थिए । केही महिनाभित्र गौरीगञ्ज क्षेत्रमा ५ वटा मोटर चोरी भएको उनले जानकारी दिए ।

दक्षिणी ग्रामीण क्षेत्रमा मोटर र ट्युवेल चोरी हुने क्रम बढेको छ । झापा बजारस्थित सार्वजनिक शौचालयमा रहेको दुईवटै ट्युवेल चोरी भएपछि विगत एक महिनादेखि शौचालय बन्द रहेको बजार समितिका अध्यक्ष बरतलाल राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्