झापा, भदौ १२ । झापाको कचनकवल गाउँपालिका वडा नं ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ६० वर्षीय राजवंशी गएराति डेढ बजेतिर घरमै निधन भएको हो । गाउँ सभा सदस्य समेत रहेका राजवंशीको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले आज शोक विदा दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्