झापा, भदौ १४ । झापामा डेङ्गुका तीनजना नयाँ संक्रमित थपिएका छन् ।

बाह्रदशीमा दुई र बिर्तामोडमा एकजना गरी तीनजनामा डेङ्गु पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । साउन १ देखि भदौ १३ सम्म विरामी भएर अस्पताल भर्ना भएका १०८ जनाको रगत परीक्षण गर्दा तीनजनामा डेङ्गु पोजिटिभ पाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए ।
यस आर्थिक वर्षमा डेङ्गु संक्रमणबाट झापामा एकजनाको मृत्यु भइसकेको छ । गत साउन २५ गते हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेङ्गु संक्रमणबाट मृत्यु भएको हो ।
