अर्जुनधारा , भदौ १४ । झापाको अर्जुनधारामा अघिपछि गरी दुईजनाले आत्महत्या गरेका छन् ।

आज बिहान ४ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ६ लक्ष्मीटोल बस्ने २४ वर्षीया नम्रता पाठकले आफ्नै दुई तले पक्की घरको माथिल्लो तल्लामा रहेको पुजा कोठाको सिलिङ पंखामा झुन्डिएर आत्महत्या गरेकी छन् । त्यसको केही समयपछि सोही ठाउँ बस्ने बर्ष अन्दाजी ३५ का कृष्ण ढुंगेलले पनि आत्महत्या गरेका छन् ।

नम्रताले पुजा कोठाको झ्याल, ढोका बन्द गरी बाहिरबाट बोलाउँदा नबोलेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर स्थानीय, आफन्तको रोहबरमा बिहान ९ः३० बजे ढोका खोली हेर्दा उनी मृत फेला परेकी थिइन् ।

त्यसको आधा घण्टापछि अन्दाजी १० बजेतिर श्रीमती र छोरी नभएको बेला आफ्नै निजी निवासमा ढुंगेलले आत्महत्या गरेको प्रहरीले जनाएको छ । एकै ठाउँका दुईजनाले अघिपछि झुन्डिएर आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्