बिर्तामोड, भदौ १५ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका संचालक आकाश खड्काले गल्ती स्वीकार गर्दै घाइतेहरुको उपचार गरिदिने भएका छन् ।

यसअघि अटेर गर्दै आएका खड्काले हिजो घाइतेहरुलाई अस्पतालमा भेट गरी उपचार खर्च बेहोर्ने बताएका हुन् । उनले घाइतेहरुको उपचार खर्च आफूले बेहोर्ने कुरा स्वीकार गरेको घाइते पक्षका दीर्घराज चैता मगरले बताए । उनले गल्ती स्वीकार गरी खड्काले माफी माग्ने भएपछि मिलापत्रका लागि घाइते पक्ष तयार भएको जानकारी दिए ।

तीन दिनअघि त्यस सुधार केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालक खड्कासहित कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका छन् । कुटपिटबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गालीगलौज गर्दै एक्कासि कुटपिट गरेको पीडितले बताएका छन् ।

यसैबीच कुटाई खाने भानु राईले हिजो पत्रकार सम्मेलन गरी खड्काले गरेको ज्यादतीका विषयमा प्रहरीले उजुरी लिन नमानेको भन्दै आपत्ति जनाएका छन् । उनले शक्ति र पहुँचका भरमा दोषीलाई उन्मुक्ति दिलाउन नहुने भन्दै न्यायका दिलाउन सवैसंग अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्