झापा, भदौ १५ । गिरीबन्धु टी इस्टेटको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने मागसहित नेपाल कम्युनिष्ट पार्टी बहुमतले आज बिर्तामोडमा प्रदर्शन गरेको छ ।

बिर्तामोड ५ स्थित सिटीसेन्टरबाट नेकपा बहुमतले र्याली निकाली बिर्तामोड ६ स्थित गिरीबन्धु टी इस्टेटको कार्यालय अगाडि पुगी पुनः सिटीसेन्टरमा फर्किएर समापन गरेको थियो । देशब्यापी भ्रष्टाचारविरुद्ध जनएकता अभियान २०८१अन्तर्गत विविध नारासहित ६०–७० जनाको उपस्थितिमा र्याली निकालिएको थियो । र्यालीका सहभागीहरुले ‘ गिरीबन्धु टी इस्टेटको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर,भ्रष्टाचारीलाई कार्बाही गरी सम्पूर्ण भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर , सम्पूर्ण कृषकको कृषि उपज खरिद गर ’ जस्ता नारा लगाएका थिए ।

पार्टीको १ नं ब्यूरो झापा– इलामको संयुक्त आयोजनामा भएको सो विरोध प्रदर्शनमा प्रदेश इन्चार्ज सागर लिम्बूको नेतृत्व रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्