झापा, भदौ १६ । संयुक्त महिला आवाज नेपाल बिर्तामोड २ को दोस्रो साधारणसभा तथा तीज मिलन कार्यक्रम बिर्तामोडमा शनिवार सम्पन्न भएको छ ।

संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थामा रहेर महत्वपूर्ण योगदान पुर्याउने तीन जना सदस्यलाई कदरपत्रले सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा सुरेखा मगर भट्टराई, शान्ता खतिवडा शिवाकोटी र कल्पना अधिकारी बराल रहेका छन् ।

संस्थाकी अध्यक्ष खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाको गतिविधिका वारेमा जानकारी गराएकी थिइन् । उनले संस्थाले चारवटा पालिकामा शाखा विस्तार गरेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख संग्रौला, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, सहारा नेपाल महिला विभाग प्रमुख चित्रकला ओली समाजसेवी उमानाथ पाण्डेलगायतले शुुभकामना मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष मुना खड्काले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य कृतिका शिवाकोटीले गरेकी थिइन् । कार्यक्रममा महिलाहरुले तीज नृत्य प्रस्तुत गरेर रमाइलो गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्