झापा, भदौ १६ । झापाको कन्काई ३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ ।

गएराति ११.४५ बजेतिर विद्युत सर्ट भई सूर्य चौलागाँईले संचालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात ,कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन , १० वटा कुखुराको माउ र चल्ला गरी करिव ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्