झापा, भदौ १७ । झापाका किसानहरुको धानबालीमा रोग किराको प्रकोप देखिन थालेको छ ।

मंसिरे धानमा पातको फेद कुहिने प्रकोप देखा परेको हो । जसबाट किसानहरु चिन्तित भएका छन् । आफूहरुको धानबाली रोग किराका कारण सुक्दै गएको दमक १० का किसानहरुले बताएका छन् । जिल्लाका किसानको धानबालीमा सेथ ब्लाइट , गवारोजस्ता रोग फाट्टफुट्ट देखिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

‘यस किसिमको प्रकोप वर्षेनि देखा पर्ने गरेको छ ’कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले भने,‘ किसानका धानमा फाट्टफुट्ट देखिएको छ ।’ रंजित र सर्ना धानमा प्रकोप देखिएको किािनले बताएका छन् । विषादि प्रयोग गरेर यसलाई नियन्त्रण गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्