बिर्तामोड, भाद्र १७ । नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तारा नमस्ते बालआश्रमका बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।

६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो । बाल आश्रम परिसरमा आयोजित कार्यक्रमका बीच त्यहाँ आश्रय लिएर बिद्यालयमा अध्ययनरत बालबालिकालाई दाल, चामललगायतका खाद्यान्न सामग्री वितरण गरिएको जनाइएको छ ।

नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिका अध्यक्ष पार्बता बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेस महासमिति सदस्य सीता पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य राधा सुब्बा, नेपाल महिला संघ झापा अध्यक्ष टीका सिटौला मैनाली, जिल्ला सदस्य धनमाया चुडाल सापकोटा, एबीसी नेपाल अध्यक्ष कन्चना ढकाल सिटौला, महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाँई, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि रिता कोइरालालगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि सुष्मा पौडेलले प्रकाश पारेकी थिइन् ।

सोही कार्यक्रममा महिला उद्यमी संघले त्यहाँ आश्रित बालबालिकालाई ११ हजार नगद सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आश्रमका सञ्चालक यसोदा चापागाँईलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्