झापा, भदौ १७ । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीया महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मनकुमार तामाङकी श्रीमती लक्षिमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

मृतकको शव जिल्ला अस्पताल ल्याएर सोमवार पोष्टमार्टमपछि आफन्तलाई बुझाइको प्रहरीले जनाएको छ । यसैबीच पाँचथरकै हिलिहाङ २ कावेली खोलामा एकजना पुरुषको बेवारिसे शव भेटिएको छ ।

सोमवार दिउँसो भेटिएका पुरुष करिब ५५ वर्षको रहेको प्रहरीले जनाएको छ । शव कसको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्