झापा, भदौ १७ । झापाको गौरादह नगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगंजबाट दमकतर्फ आउँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका–५ का २१ बर्षीय दिपेन्द्र ताजपुरियाको साथबाट ९ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

ब्राउनसुगरसहित पक्राउ परेका ताजपुरियाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्