झापा , भदौ १८ । मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ३९ बर्षीय डिल्लीबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ५ बजे आफ्नै गोठमा मोटर खोलेर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका बिष्टको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान भइरहेको जनाइएको छ ।