झापा, भदौ १८ । सुनसरीको गढी गाउँपालिका–२ भमरी चोकमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईका ४ बर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् । हिजो साँझ साढे ६ बजे को. २ ह १८३७ नम्बरको अटोले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।
घाइते बालकलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने अटो र चालक दुहबी नगरपालिका–१० का ४० बर्षीय रामकुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।