झापा,भदौ १९ । अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् ।
‘मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, उनले भनिन्, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।
मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र ३ वर्षकी छोरी आईका कार्की र १ वर्षकी छोरी अर्पणा कार्कीकी आमा अस्मिता कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो। अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ ।