बिर्तामोड , भदौ १९ । बिर्तामोड ३ स्थित अनारमनी पव्लिक क्याम्पसको १७ औ साधारणसभा तथा चौथो अधिवेशन बुधवार सम्पन्न भएको छ ।
क्याम्पसका संचालक समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख संरक्षक हर्कलाल गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा दाता तथा प्रमुख संरक्षकहरु हर्कलाल गिरी , राजेश खड्का , भुपेन्द्रकुमार सिंह राजवंशी र पूर्वप्राध्यापक भरतकुमार भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट विद्यार्थीहरु वर्षा राई , कविता पाण्डे ,साजन लिङ्देन र शोभा ओलीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष पोखरेलले क्याम्पस स्थापनादेखि हालसम्मका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पस प्रमुख मोहन शिवाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख संरक्षक हर्कलाल गिरी , मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलल , पूर्व शिक्षिका नीरा प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पसका उपाध्यक्ष कृष्णप्रसाद विमलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सदस्य सुष्मा पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा कंचनजंघा अंग्रेजी माविका प्राचार्य गुरुभक्त न्यौपाने ,दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी , दाताहरु सुरेशकुमार अग्रवाल भद्रपुरे , दाताराम तिम्सिना , पुष्पलाल चौधरी, नन्दलाल न्यौपाने, लयप्रसाद संग्रौला, चैतन्यप्रकाश मैनाली, वालादेवी खरेल , हरिचरण शिवाकोटी, महेन्द्ररत्न माविका पूर्व प्रअ देवेन्द्र गौतमलगायतको आतिथ्य रहेको थियो ।
अधिवेशनबाट डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा नयाँ संचालक समिति गठन भएको छ । २०६४ सालमा स्थापना भएको अनारमनी पव्लिक क्याम्पसमा हाल २२५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसले पूर्ण र आंशिक गरी ३४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।