झापा, भदौ १९ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीलाई सरुवा गरिएको छ ।

उनलाई भैरहवा भन्सार कार्यालयमा सरुवा गरिएको हो । उनको ठाउँमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्रप्रसाद चुँडाललाई पठाइएको छ । स्रोतका अनुसार चुँडालले मेची भन्सार कार्यालय आउन आनाकानी गरिरहेका छन् ।

अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको हो । सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो । अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्