लक्ष्मी उप्रेती,

मेचीनगर । पूर्वीनाका काँकरभिट्टाबाट वितेको दुई वर्षमा एकहजार ४० जनाको उद्धार भएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा प्रहरीले विभिन्न संघ संस्थाको सहकार्यमा गैरकानुनीरुपमा विदेश हिडेकालाई सीमा नाकाबाट उद्धार गरेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा दुई ५४ महिला, ८३ जना पुरुष, ५७ बालक र एकसय ५७ बालिकागरी कुल पाँचसय ५१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा दुईसय ८३ महिला ५८ पुरुष, ६० बालक र एकसय ३८ बालिकागरी कुल पाँचसय ३९ जनाको उद्धार भएको छ ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा २५ महिला तीन पुरुष , तीन बालक र १६ बालिकागरी कुल ४७ जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार अघिल्लो दुई वर्षमा मान बेचबखिनका मुद्धा दर्ता शून्य भएपनि चालु आर्थिक वर्ष २०८१÷०८२ मा सुनसरी रामधुनी नगरपालिका ७ बस्ने ४० वर्षीय आइतबीर लिम्बूविरुद्ध मानव बेचबखिनको मुद्धा दर्ता भएको छ । जसमा एकजना बालिका पीडित भएको बताइएको छ ।

विहीवार देशका विभिन्न ठाउँमा १८ औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा मानव बेचबिखनको अवस्था कहालीलाग्दो रहेको तथ्याङ्कले देखाएको छ । यस्ता घटनामा संलग्न पाँचसय ४२ जना अझै पनि फरार छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र विभिन्न दशवटा संस्थाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत प्रतिवेदनले नेपालमा मानव बेचबिखनको अवस्था निकै कहालीलाग्दो रहेको देखाएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा प्रमुख प्रहरी नायव उपरीक्षक लामाले प्रस्तुत गरेको मानव बेचबिखनको चारबर्षीय तथ्याङ्क हेर्दा हरेक बर्ष मानव बेचबिखनका घटना बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७७÷०७८ देखि २०८०÷०८१ को अवधिमा देशभर मानव बेचबिखनका छ सय चारवटा मुद्धा दर्ता भएका छन् भने महिला र पुरुष गरी आठ सय ४१ जना पीडित भएका छन् । घटनामा संलग्न एकहजार दुईसय ५७ अभियुक्तमध्ये सात सय १६ जनामात्र पक्राउ परेका छन् भने बाँकी पाँचसय ४२ जना फरार छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा एकसय ३४ वटा यस्ता प्रकृतिका मुद्धा दर्ता भएका थिए भने एकसय ८३ महिला र चारजना पुरुषगरी कुल एकसय ८७ जना पीडित भएको तथ्यांकमा उल्लेख छ । घटनामा ९५ जना महिला र दुईसय दुईजना गरी कुल दुईसय ९७ जना अभियुक्त थिए । त्यसमध्ये ५१ महिला र एकसय १२ गरी कुल एकसय ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकसय ३५ वर्ष अझै फरार छन् ।

आर्थिक वर्ष २०७८÷०७९ मा यस्ता प्रकृतिका घटनामा बृद्धि भएर एकसय ४७ मा उकालो लागेको थियो । मुद्धा बृद्धि भएसँगै पीडितको संख्यामा समेत बढोत्तरी भएको तथ्यांकले देखाएको छ । पीडितमा पुरुषको तुलनामा महिलाको संख्या निकै बढी छ । आर्थिक वर्ष २०७८÷०७९ मा दुईसय महिला र ११ पुरुषगरी कुल दुईसय ११ जना पीडित भएको बताइएको छ । त्यसवर्ष ७६ महिला दुईसय १५ पुरुष गरी कुल दुईसय ९१ जना अभियुक्तमध्ये ४५ महिला र एकसय ३५ पुरुषगरी कुल एकसय ८० जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिन सकेको थियो । ३१ महिला र ८० पुरुषगरी कुल एकसय २१ जनालाई अझैसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी नायव उपरीक्षक लामाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा दशवटा बढेर एकसय ५७ वटा मुद्धा दर्ता भएका थिए । ती घटनामा दुईसय दशजना महिला र २० पुरुषगरी कुल दुईसय ३० जना पीडित, एकसय २१ महिला र दुईसय २२ पुरुषगरी कुल तीनसय ४३ जना अभियुक्तमध्ये ६६ महिला र एकसय १२ पुरुषगरी कुल एकसय ७८ जनामात्र पक्राउ परे । ५५ महिला र एकसय दश पुरुषगरी एकसय ६५ जना अझै फरार छन् ।

आर्थिक वर्ष २०८०÷०८१ मा एकसय ६६ वटा मुद्धा दर्ता भए । ती मुद्धामा एसकय ९६ महिला र १७ पुरुषगरी कुल दुईसय १३ जना पीडित भए । ८९ महिला र दुईसय ३७ पुरुषगरी कुल तीनसय २६ अभियुक्त भएपनि ५८ महिला र एकसय ३७ पुरुषगरी कुल एकसय ९५ जना पक्राउ परे भने एकसय पुरुष र ३१ महिलागरी कुल एकसय ३१ जना अझै फरार छन् ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा भएको कार्यक्रममा गैरकानुनीरुपमा विदेश जाँदा कतिसम्मको सास्ती बेहोर्नु पर्ने रहेछ भन्ने सन्देशसहितको वृत्तचित्र प्रस्तुत गरिएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दैं वक्ताहरुले यस्तो अपराधको नियन्त्रण कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने बताएका थिए । आर्थिक विपन्नता, अशिक्षा र बेरोजगारी, बसाइ सराई, बढी नाफाको व्यापार, भारतसँगको खुला सिमाना, परम्परा र सँस्कृति मानव बेचबखिन तथा ओसारपसारको प्रमुख कारण रहेको वक्ताहरुको भनाई थियो ।

नगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना उप्रेतीलगायतले बोलेको कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रवन्धक शंकर पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत गरेका थिए ।मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्