झापा, भदौ २१ । प्रवासी नेपाली चेलीहरुको कथा र पीडामा आधारित मर्मस्पर्शी तीज गीत सार्वजनिक भएको छ ।

जसले तीज र तिहारजस्ता महान पर्वहरुमा आफ्ना परिवार र देशलाई सम्झेर, टाढा रहेर काम गर्न बाध्य नेपाली चेलीहरुको मनको भावना बोलेको छ।

माधव कल्पितद्वारा लेखिएको यस गीतमा जुनु रिजालले स्वर दिएकी छन् । जबकि संगीत विकास चौधरी र संजय हमालले दिएका छन्। यस गीतमा प्रयोग गरिएका तस्बिर र भिडियो क्लिपहरु एआई उपकरणहरुद्वारा सिर्जना गरिएको छ । जसले प्रवासी नेपाली चेलीको जीवनको संघर्ष र घरदेशको माया पोखेको छ । यस विशेष भिडियोको सम्पादन समीन खतिवडाले गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्