झापा , भदौ २२ । भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड boAt ले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ ।
अहिले नेपाली बजारमा boAt को व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको छ । आय पनि दोब्बर भएको छ । नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको boAtले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।
नेपालमा सार्वजनिक भएसँगै boAt अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको छ । नेपालको प्रमुख ईःकमश DARAZ मा सार्वजनिक हुँदा पनि boAtले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ ।
boAtले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ (TWS) मोडेलहरू, Nirvana ION, Airdope Supreme र Airdope 91 का साथवेभ कल (Wave call 2) स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ ।
boAt का उत्पादनहरू अब नेपालभरि १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापनादेखि नै दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा प्रस्तुत भइरहेको छ । दराजमा उपलब्ध boAt का ८० प्रतिशतभन्दा बढी SKU हरुले ४ स्टारभन्दा माथिको रेटिङ प्राप्त गरेका छन् । जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँदछ।