झापा, भदौ २२ । बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले राजीनामा दिएका छन्।

विद्यालय व्यवस्थापन समितिको गत भदौ १८ गते बसेको बैठकले राजीनामा स्वीकृत गरी विद्यालयका वरिष्ठ शिक्षक खेमराज गौतमलाई प्रधानाध्यापक पदमा नियुक्ति दिएको छ । प्रधानाध्यापक पदको विषयमा अधिकारी र गौतमबीच विवाद रहेको थियो । गौतम न्यायका लागि अदालत गएका थिए । अदालतको फैसलाले गौतमले प्रधानाध्यापक पाएका हुन् । अधिकारी २०६९ मंसिर ६ गतेदेखि प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए ।

उक्त विद्यालयमा विगत पाँच वर्षअघिदेखि कार्यरत रहेका शिक्षक गौतम माध्यमिक तहका द्वितीय श्रेणीका स्थायी शिक्षक हुन्। युवा व्यक्तिले विद्यालयको नेतृत्व पाएपछि विद्यालयको थप प्रगति उन्नति हुनुको साथै शैक्षिक गुणस्तरमा फड्को मार्ने अभिभावकहरूले विश्वास लिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्