झापा,भदौ २२ । धरान लागू औषध कारोबारको अखडा बनेको छ । धरानमा दैनिक लागू औषध कारोबारी पक्राउ पर्न थालेका छन् ।
धरानमा भारतबाट प्रतिबन्धित विभिन्न प्रकारका लागू औषध र धनकुटाबाट प्रतिबन्धित लागू औषध गाजा तस्करी गरि धरान ल्याएर बिक्री वितरण गर्ने गरेका छन् ।
धरान उप–महानगरपालिका वडा नं. ९ बगैचालाइन स्थित भाग्यमानी लिम्बुको घरमा कोठा भाडा लिइ इन्जिनियर कन्सलटेन्सी सञ्चालन गरी बस्ने २४ वर्षीय साहिद जावेदलाई भारी मात्रामा लागू औषधसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए ।
उनले पक्राउ परेका जावेदलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइ राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको बताए । जाबेदको साथबाट ट्रामाडोल १२ हजार दुईसय क्यापसुल, गाँजा ९ सय ७५ ग्राम, डिकोनिल ३२० क्याप्सुल र लागू औषध बिक्री गर्ने डिजिटल तराजु एक थान बरामद गरिएको वडा प्रहरी कार्यालय धरानका इन्चार्ज रुद्र खडकाले बताए।