लक्ष्मी उप्रेती

मेचीनगर । मोरङका याङदेव राईले झापाको मेचीनगरमा शनिबार आयोजित खुल्ला सडक दौड प्रतियोगिताको उपाधि जितेका छन् ।

नेकपा एमाले —१५ नम्बर वडा कमिटीले आयोजना गरेको मेचीनगर —१५ को निलकोठीदेखि धुलावारी क्याम्पससम्मको छ किलोमिटरको दूरी राईले २३ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए । जितसँगै राईले नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र हात पारे ।

सात महिलासहित कुल ५३ जना धावक सहभागी दौड प्रतियोगितामा २४ मिनेट ४४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै मेचीनगर —१५ का बाबुराम हेमरमले दोस्रो स्थान सुरक्षित पार्दैं नगद चार हजार रुपैयाँसहित प्रमाणपत्र जिते । यसैगरी तेस्रो पुरस्कार नगद तीनहजार रुपैयाँ र प्रमाणपत्र मेचीनगर —१५ कै सानिराम हेमरमले प्राप्त गरे । हेमरमले २५ मिनेट ५० सेकेण्डमा दूरी पार गरेका थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोसहित अन्य सातजनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । मेचीनगर —१५ का अमन चौधरीले २६ मिनेट , मेचीनगर —४ का अर्जुन बस्नेतले २६ मिनेट पाँच सेकेण्ड, मेचीनगर —१५ का गोविन्द राना मगरले २६ मिनेट ३१ सेकेण्ड, मेचीनगर —१५ का सुरेन मुर्मूले २६ मिनेट ५८ सेकण्ड, मेचीनगर —१५ का सुशान्त वस्नेतले २८ मिनेट ३ सेकेण्ड, मेचीनगर —४ का उदय विश्वकर्माले २८ मिनेट ३१ सेकेण्ड र मेचीनगर —१५ का निरज यादवले २९ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै सान्त्वनास्वरुप नगद पाँच सय रुपैयाँसहित प्रमाणपत्र हात पारेका थिए ।

महिलातर्फ संगीता हेमरम, रेजिना हेमरम, रत्ना महला क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः नगद पाँच हजार, चार हजार, तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका विजयी सवैलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, पार्टीका कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई ,नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण कनाल, जिल्ला कमिटी सदस्य कुस्मीकुमारी चौधरी, नेकपा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु कार्की, उपाध्यक्ष कञ्चनकुमार तामाङ, सचिव सागर ओली, अखिल नेपाल महिला संघ मेचीनगर अध्यक्ष हेमा सिटौलालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका १५ नम्बर वडा कमिटी अध्यक्ष चेतन विष्टले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्