झापा, भदौ २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेलाई सम्मानसहित विदाई गरिएको छ ।

झापामा रहेका तीन दर्जनभन्दा धेरै संघ संस्थाले एकैपटक प्रहरी निरीक्षक न्यौपानेलाई सम्मान सहित विदाई गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा न्यौपानेको बिदाई गरिएको हो ।
प्रहरी निरीक्षक न्यौपानेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुसी काठमाडौं सरुवा भएको हो । न्यौपानेको सरुवासँंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा गणेश पौडेल आउने भएका छन् ।

नियमित सरुवासंगै बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा शनिवार आयोजित कार्यक्रमकाबीच प्रहरी निरीक्षक न्यौपानेलाई विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिले सम्मानपत्र प्रदान गर्दै संयुक्त रुपमा विदाई गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा संघ संस्थाको तर्फबाट वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता चिमरिया, राष्ट्रिय उपभोक्ता मञ्च झापा अध्यक्ष मदन गोपाल सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रहरी निरीक्षक न्यौपानेको सम्मानपत्र रामधुनी उर्जाशील आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले वाचन गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए । त्यस्तै प्रहरी चौकी बिर्ताबजारलगायतका संघ संस्थाले पनि न्यौपानेलाई सम्मानसहित विदाई गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्