झापा ,भदौ २३ । झापाको राजगढ क्षेत्रमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

अनारमनी वितरण केन्द्रस्थित राजगढ फिडरअन्तर्गत बुस कटिङ कार्य गर्नुपर्ने भएकाले आज बिहान ९.३० देखि दिउँसो ३ बजेसम्म राजगढ फिडरको विद्युत अबरुद्ध हुने वितरण केन्द्रले सूचना जारी गरी जनाएको छ ।

ट्रन्क लाइनमा बुस कटिङ गर्दा सम्पूर्ण फिडर अबरुद्ध हुने र ब्रान्च लाइनमा बुस कटिङ गर्दा स्विच काटी काम गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्