झापा , भदौ २३ । अवैध सामानसहित तीनवटा भारतीय कार र त्यसका तीनजना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो ४.३० बजे मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको WB74N6878,WB74P7799 र WB74N8562 नं को भारतीय कार र त्यसका चालकहरु अवैध सामानसहित पक्राउ परेका हुन् । ती कारलाई शंका लागेर चेकजाँच गर्दा अन्दाजी ३ लाख ९९ हजार १०० रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।
ती सामानहरुसहित अन्दाजी २४ लाख बराबरको ती ३ वटा कार र त्यसका चालकहरु भारत दार्जिलिङ पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन , सोही ठाउँ बस्ने ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।
त्यसैगरी हिजो साँझ ७ बजे मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई लाँदैं गरेको सिल्क एण्ड साईन क्रिम १२१ पिस र भारतबाट नेपालतर्फ ल्याउँदैं गरेको बिभिन्न किसिमका किराना सामानहरु अन्दाजी १ लाख ५१ हजार बराबरको नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको डीएसपी चन्दले जानकारी दिए ।