झापा,भदौ २३ । गायक नमराज ढुङ्गाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काँठे गीत ‘नगर दोमन’ सावर्जनिक भएको छ । गीतलाई नवीनबाबु विश्वकर्माले लेखेका हन् । गीतमा सङ्गीत नमराजको रहेको छ । विष्णु तामाङले सङ्गीत संयोजन गरेको गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोमा गायिका अभिनेता गजित विष्ट र गायिका सरिता भारती शीर्ष भूमिकामा देखिएका छन् । गजित र सरितासँगै मनीषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोख्रेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, विक्रम ढुङ्गानाको गीतमा अभिनय रहेको छ ।

डब्बु क्षेत्री निर्देशित गीतमा सुवास सुवेदीको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यवस्थापन रहेको छ । गीत नमराज ढुङ्गानाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्