झापा , भदौ २३ । झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना गंभीर घाइते भएका छन् ।

आज दिउँसो २.१५ बजेतिर बिर्तामोड ५ निवासी मंजिला तिवारीको घर रंगरोकन गर्नेक्रममा करेन्ट लागेर लागेर कन्काई ४ बस्ने मदन राई गंभीर घाइते भएका हुन् । उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । घाइते राईको अबस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।