झापा,भदौ २५ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली मंगलबार राति क्यानडा प्रस्थान गर्दैछ ।
क्यानडा जानुअघि नेपाली टोलीको मंगलबार विहान विदाइ गरिएको छ। नेपाली टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्। टोलीबाट सन्दीप जोरा, सागर ढकाल र आकास चन्द बाहिरिए।
क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी–२० सिरिज सुरु हुनेछ।
दुवै सिरिज नेपालले चार–चार खेल गरी कुल ८ खेल खेल्नेछ।
नेपालले क्यानडामा लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।
नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।
क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्